काठमाडौं । नेकपा एमालेले पार्टीको भातृ संगठन युवा संघले भोलि गर्न लागेको कार्यक्रमलाई सभ्य ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, भोलि पार्टीको भातृ संगठनहरुले जनप्रदर्शनको विरोध कार्यक्रम गर्दैछन् । त्यो कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नको लागि केन्द्रीय कमिटीले निर्देशन दिएको छ । त्यसको वर्नसिप पार्टीले लिएको छ ।
उहाँले युवा संघले व्यवसायी दुर्गा प्रसाईंसँग कार्यक्रम नजुधाएको बताउनुभयो । तीनकुनेमा स्थानीय प्रशासनले तोकेको ठाउँमा कार्यक्रम हुने उहाँले बताउनुभयो ।
राति महिलाहरूलाई ओछ्यानबाट लघार्ने घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले युवा संघलाई पनि ध्यानाकर्षण गराएको जनाउँदै छानबिन गर्दा दोषी देखिए कारबाही गर्ने स्पष्ट पार्नुभयो ।