Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जनमत संग्रह गर्ने दम छ प्रचण्डलाई ? सबै बढारिन्छन् : दुर्गा प्रसाईं

जनमत संग्रह गर्ने दम छ प्रचण्डलाई ? सबै बढारिन्छन् : दुर्गा प्रसाईं

  • बुधवार, मंसिर ६ २०८०

  • 551
    SHARES

  • जनमत संग्रह गर्ने दम छ प्रचण्डलाई ? सबै बढारिन्छन् : दुर्गा प्रसाईं

    काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिनुभएको छ ।

    उहाँले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गर्नुभयो । आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईं मुलधारका राजनीतिक दल, खासगरि एमालेमाथि खनिनुभएको थियो । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उहाँले एमालेमाथि रोष पोख्नुभएको थियो ।

    महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उहाँले माग गर्नुभयो । ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’ प्रसाईंले प्रश्न गर्नुभयो।

    राष्ट्रिय गानको प्रसंगमा उहाँले आफू गलत नभएको बताउनुभयो । प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’ प्रसाईले अहिल्यै मध्यावधि चुनाव गर्न पनि चुनौती दिनुभयो ।

    आफ्नो व्यक्तिगत ऋणका विषयमा भइरहेका चर्चामाथि पनि उहाँले टिप्पणी गर्नुभयो। आफूसँग ऋण थाम्ने धितो बैंकमा रहेकाले ऋण तिर्न नसके बैंकले धितो लैजाने उहाँले बताउनुभयो ।


    बुधवार, मंसिर ६ २०८००३:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij