Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माइतीघरमा निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

माइतीघरमा निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • बुधवार, मंसिर ६ २०८०

  • 544
    SHARES

  • माइतीघरमा निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले  निषेधित क्षेत्र घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा दायर रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ ।  
     
    अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले हिजो छुट्टाछुट्टै रिट निवेदन दर्ता गराउनुभएको थियो । सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराउनुभएको छ भने वारेसमार्फत भद्रप्रसाद नेपालले दर्ता गराएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
     
    संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख) ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको रिट निवेदकको जिकिर छ । 
     
    माइतीघर मण्डलामा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।
     
    मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा सङ्घको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।
     
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत सोमबार काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत हुँदै नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । 
     


    बुधवार, मंसिर ६ २०८००७:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij