Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मंसिर ७ को आन्दोलनले सरकारलाई डर, आरतीको पीडाले छुँदैन (खासखबर)

मंसिर ७ को आन्दोलनले सरकारलाई डर, आरतीको पीडाले छुँदैन (खासखबर)

  • सोमवार, मंसिर ४ २०८०

  • 856
    SHARES

  • मंसिर ७ को आन्दोलनले सरकारलाई डर, आरतीको पीडाले छुँदैन (खासखबर)

    काठमाडौं । समाजमा पीडामा परेका, साहू महार्जनबाट ठगिएका, लुटिएका, आफन्तको हत्या आरोपीलाई पक्राउ गर्न अनसन बसेका नागरिकको मागलाई सुन्न वेवास्ता गर्ने सरकारलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनले त्रास पैदा गराएको छ । सुरक्षा चुनौति भन्दै सरकारले हरेक संयन्त्रलाई अलर्ट राखेको छ ।

    हुलहुज्जतसँग डराएको सरकाले एकल नागरिकका पीडा सुन्न आनाकानी गरेको हो त ? त्यसको ज्वलन्त उदाहरण आरती साह हत्यालाई लिन सकिन्छ । उनका आफन्तहरु अहिलेपनि माइतीघर मण्डलाको चिसोमा रात काटिरहेका छन् । मर्ने त मरेर गए जिउँदै आरतीका आफन्त चिसोले रोगी बन्दै गएका छन् । दाइजोको निहुँले मारिएकी आरती साहको आन्दोलनमा समर्थन जनाउन माइतीघर पुगेका आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई समेत न्याय मिल्नेमा विश्वास छैन ।

    यता, मंसिर ७ लाई आन्दोलनको भव्य तयारी गरिरहेको नेकपा एमाले र प्रसाईंलाई थेग्नका लागि राज्य पूर्ण रुपमा लागिरहेको देखिन्छ । सरकारले मङ्सिर ७ मा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो संख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनताका असन्तुष्टिहरुलाई समातेर व्यवस्था बदल्ने गिरोह सक्रिय भएकोले मंसिर ७ लाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।

    गजुरेलका अनुसार अहिलेका राजनीतिक शक्तिहरुले मुलुकलाई समृद्ध बनाउन नसकेपनि राजा नै आउने कुरा गलत छ । अग्रगामी अर्को शक्ति आएर मुलुकको विकासमा जुट्ने कुरालाई नकार्न नसकिने बताउँदै उहाँले राजाको दिवासप्ना देख्न नहुनेमा जोड दिनुभयो ।

    देश हरेकपटक परिक्षणको परेडस्थल बनेको छ । जनताका पीरमर्का भन्दा पनि आफन्तलाई पोस्ने भुटा अग्रगामी छलाङ लिएका राजनीतिक दलका कारण गणतन्त्र स्थापना भएको १६ वर्षमै जनतामा निराशा छाएको छ । मुलुक प्रणालीले चल्ने हो, जहाँ न्यायालयमाथि हस्तक्षेप हुन्छ, गुण्डा राज चल्छ, हत्या हिंसामा उत्रिएकाहरु राजनीतिक संरक्षणमा पूर्ण कैद भुक्तान नगरी निस्कन्छन् त्यो देशमा कहिल्यै पनि स्थिर शान्तीको कल्पना गर्न सकिदैन ।


    सोमवार, मंसिर ४ २०८००७:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij