Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न भीम रावलको माग

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न भीम रावलको माग

  • सोमवार, आश्विन २६ २०७७

  • 1.0K
    SHARES

  • नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न भीम रावलको माग

    काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

    पूर्वमन्त्री समेत रहेका नेता रावलले आज ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।

    ‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलले भन्नुभएको छ ।

    देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ । तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ ।


    सोमवार, आश्विन २६ २०७७०३:०७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij