Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

  • सोमवार, मंसिर ४ २०८०

  • 577
    SHARES

  • अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै
    काठमाडौं । अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बोलाएको बैठक आज बस्दैछ । अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न आज अन्तरनिकाय छलफल बोलाउनुभएको छ ।
     
    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबार(आज)को छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ । बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
     
    विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।
     
    योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले ’बोल्ड’ निर्णय लिने बताउनुभएको थियो ।
     


    सोमवार, मंसिर ४ २०८००८:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij