Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
कर्णाली प्रदेश

मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव रोक्न ओली र नेपालसँग प्रचण्डको आग्रह

मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव रोक्न ओली र नेपालसँग प्रचण्डको आग्रह

  • सोमवार, आश्विन २६ २०७७

  • 1.2K
    SHARES

  • मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव रोक्न ओली र नेपालसँग प्रचण्डको आग्रह

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरी कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गर्नुभएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन हिजो संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता हुनु र मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश नजाने भन्दै अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभएको छ ।

    बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बतायो । बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गर्नुभएको थियो ।

    नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिनुभएको थियो । हिजो नेकपाकै १८ सांसदले मुख्यमन्त्रीशाही विरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा बुझाएका छन् ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।


    सोमवार, आश्विन २६ २०७७०२:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij