Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रमाण ल्याउन कांग्रेसको चुनौतीपछि बाबुरामले भने–छानविनमा सहयोग गर्न प्रतिवद्ध छु

प्रमाण ल्याउन कांग्रेसको चुनौतीपछि बाबुरामले भने–छानविनमा सहयोग गर्न प्रतिवद्ध छु

  • सोमवार, आश्विन २६ २०७७

  • 1.4K
    SHARES

  • प्रमाण ल्याउन कांग्रेसको चुनौतीपछि बाबुरामले भने–छानविनमा सहयोग गर्न प्रतिवद्ध छु

    काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

    पछिल्ला सरकारले कमिशनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गर्नुभएको हो ।

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटर मार्फत बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।

    उहाँले आफु प्रधानमन्त्री हुँदा निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएकाले अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग समेत गर्नुभएको छ ।

    भट्टराईले लेख्नुभएको छ, ‘मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।’


    सोमवार, आश्विन २६ २०७७०१:०५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij