Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६३ जना सहसचिवको सरुवा (सूचीसहित)

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६३ जना सहसचिवको सरुवा (सूचीसहित)

  • सोमवार, आषाढ २२ २०७७

  • 723
    SHARES

  • सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६३ जना सहसचिवको सरुवा (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।

    हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयले जनाएको छ ।

    यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो ।

    यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ ।

    को कहाँ ? हेर्नुस्

     


    सोमवार, आषाढ २२ २०७७११:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij