काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना अयोग्यता र अकर्मण्यता छोप्न टिकटक बन्द गरेको आरोप लगाउनु भएको छ।
‘देशभित्रै कसैले सेना गठन गरेको छ । प्रधानमन्त्री प्रचण्ड त्यसलाई कारबाही गर्न सक्नुहुन्न अनि आफ्ना अयोग्यता र अकर्मण्यता छोप्न टिकटक बन्द गर्नुहुन्छ । उहाँ आफैं कहिले आन्दोलन गर्छु भन्नुहुन्छ, कहिले जातीय राज्य दिन्छु भन्नुहुन्छ ,रावलको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता रावलले पुष्पकमल दाहाल र उहाँका मानिसलाई फेसबुक बन्द गरेर देखाउन पनि चुनौती दिनुभयो।
प्रधानमन्त्री भएर आफैं अराजकता सिर्जना गर्ने ? के १७ हजार मानिस टिकटकका कारण मारिएका हुन् ? रावलको प्रश्न थियो।
नेता रावलले जाजरकोट भूकम्पपीडितलाई घरजस्तो टेन्ट दिन नसकेको र दुई हप्तासम्म भग्वावेशष पन्छाउने काम नगरेको आरोप पनि लगाउनुभएको छ।
अर्को प्रसंगमा उनले आफूले राजसंस्थाका बारेमा नबोलेको बताउनु भएको छ।