Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

  • शुक्रवार, मंसिर १ २०८०

  • 563
    SHARES

  • जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने बताउनु भएको छ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले ‘अहिले आफुहरुले कुनै आन्दोलनका कार्यक्रम घोषणा नगरेको जानकारी दिनुभयो । पुसमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने र त्यसपछि जनदबाबका कार्यक्रम सुरु हुने लिङदेनले जानकारी दिनुभयो ।

    तर यही अवस्थाबाट देश अगाडि जान सक्ने अवस्था नरहेको उहाँको दाबी छ। जिम्मेवार राजनीतिक दलहरुको सहमति र गल्ती महसुसबाटै नयाँ सम्झौता गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । होइन भने जनदबाबबाट भए पनि देशलाई निकास दिनुपर्ने दाबी उहाँको छ ।

    लिङ्देनले मंसिर ७ को आन्दोलन आफ्नो पार्टीको नभएको पनि स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, ‘मंसिर ७ सँग हामीलाई किन जोडिरहनुभएको छ ? कसैले संघीयता खारेजी, राजसंस्था र हिन्दुराष्ट्र ल्याउँछु भन्छ भने त्यसमा हामीले विरोध गर्नुपर्ने जरुरी छैन । त्यसमा हाम्रो शुभकामना छ । हामीले सतर्कतासाथ हेरिरहेका छौं ।

    अरु कसैले घोषणा गरेको कार्यक्रममा यसभन्दा बढी टिप्पणी गर्नु आवश्यक छैन । यो हाम्रो आन्दोलन हो र होइन भनिरहनु जरुरी छैन । ७ गते नै सबै टुंगो लाग्ने पनि होइन । हाम्रो पार्टी एक प्रकारले आन्दोलनमै छ ।’

    मंसिर ९ गते झापामा पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र जाने कार्यक्रममा राप्रपाको सहयोग रहने पनि उहाँले बताउनुभयो।

    संघीयताको खारेजी, राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना सम्भव भएको पनि नेता लिङ्देनको दाबी छ । अर्को प्रसंगमा उहाँले टिकटक प्रतिबन्धको कडा प्रतिवाद हुने चेतावनी पनि दिनुभयो ।

    लिङ्देनले भन्नुभयो, ‘हिजो लेख्न, बोल्न पाइएन भन्ने अनि अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको ध्वाँस दिनेले टिकटकसँग डराएर प्रतिबन्ध लगाउनु निरंकुशताबाहेक अरु केहि हुन नसक्ने बताउनुभयो ।


    शुक्रवार, मंसिर १ २०८००८:१३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij