Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

टिकटक बन्द भएपछि द्विअर्थी टिप्पणी शुरु,कतै समर्थन त कतै विरोध,नियमन साँटो नियन्त्रण गलत भएको तर्क(खासखबर)

टिकटक बन्द भएपछि द्विअर्थी टिप्पणी शुरु,कतै समर्थन त कतै विरोध,नियमन साँटो नियन्त्रण गलत भएको तर्क(खासखबर)

  • बिहिवार, कार्तिक ३० २०८०

  • 476
    SHARES

  • टिकटक बन्द भएपछि द्विअर्थी टिप्पणी शुरु,कतै समर्थन त कतै विरोध,नियमन साँटो नियन्त्रण गलत भएको तर्क(खासखबर)

    काठमाडौं।सामाजिक सञ्जाल टिकटक बन्द भएपछि अनेकथरी टिप्पणी शुरु भएका छन्।कतिले सकारको अराजकता भनेका छन् भने कतिले डर प्रकट भएको बताएका छन्।विश्वमा बढ्दो प्रविधिको सही उपयोग भइरहेका बेला नेपालजस्तो देशमा सूचना र आयको माध्यम टिकटक बन्द हुनु गलत भएको कतिपयको भनाइ छ।

    कांग्रेस नेता श्याम घिमिरेका अनुसार सामाजिक सञ्जाललाई नियमन गर्नुको साँटो नियन्त्रण गर्नु गलत भएको बताउनु भयो। व्यवस्थामाथि प्रहार भइरहेको गलत तथ्यलाई अगाडि सारेर तानाशाही बन्नु गलत रहेको उहाँको प्रष्टोक्ति छ।

    जसपाका सांसद प्रदीप यादवले टिकटक बन्द गरेकोप्रति सरकारको समर्थन गर्नुभएको छ।उहाँले धार्मिक सहिष्णुता बिथोल्ने र मिलेको समाजलाई बिगार्ने काम टिकटकले गरेको दाबी गर्नुभयो।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि टिकटकका कारण समाज दुषित भएको बताउनुभयो। सरकारको निर्णयलाई विरोध गर्नु र समर्थन गर्नु लोकतन्त्रमा स्वभाविक रहेको उहाँको भनाइ छ ।

    सामाजिक सञ्जाललाई नियमन गर्ने गतिलो कानून नहुँदा पनि दुरुपयोग बढेको विश्लेषकहरुको भनाइ छ । कानून निर्माण गरेर नियमन गर्नुपर्नेमा बन्द गर्नु गलत भएको अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीको भनाइ छ । सामाजिक सञ्जाललाई सनकको भरमा बन्द गर्ने प्रवृत्ति गलत रहेको उहाँको भनाइ छ ।

    विश्वले बढ्दो प्रविधिको उपयोग गरी जीवनशैलीलाई सहज बनाइरहेका बेला हस्तक्षेप गर्नु उचित होइन। देशले कानून निर्माण गरी गलत क्रियाकलापलाई निरुत्साहित गर्नुपर्दछ। प्रयोगकर्ताहरुले पनि स्वतन्त्रताका नाममा अराजक बन्न हुँदैन । टिकटकका कारण आएको विकृतिलाई निरुपण गर्ने यो अवसर पनि बनेको छ ।


    बिहिवार, कार्तिक ३० २०८००८:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij