Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्युु

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्युु

  • सोमवार, आश्विन २६ २०७७

  • 589
    SHARES

  • कोरोना संक्रमणबाट  थप ५ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप ५ जनाको मृत्यु भएको छ । सुनसरीमा ३, भरतपुमार एक र रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । सुनसरीमा धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा आज बिहान घरैमा मृत्यु भएको हो । वराह क्षेत्र नगरपालिकाका पुरुषको आज बिहान विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिनुभयो।

    उता, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि आज बिहान एकजना संक्रमितको मृत्यु भएको छ । देवदह–१० का ७९ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । यस्तै, भरतपुर अस्पतालमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुुभयो । उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो ।


    सोमवार, आश्विन २६ २०७७१२:०२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij