Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘सरकारबाटै नयाँ आन्दोलन सुरु गर्छु र ०८४ पछी ०६४ दोहोराउँछु’ : प्रधानमन्त्री ‘प्रचण्ड’

‘सरकारबाटै नयाँ आन्दोलन सुरु गर्छु र ०८४ पछी ०६४ दोहोराउँछु’ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • शनिवार, कार्तिक २५ २०८०

  • 725
    SHARES

  • ‘सरकारबाटै नयाँ आन्दोलन सुरु गर्छु र ०८४ पछी ०६४  दोहोराउँछु’ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै नयाँ आन्दोलन सुरु गर्ने बताउनु भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाटै नयाँ आन्दोलन सुरु गरेर ०८४ को निर्वाचन पछी पनि ०६४ मा जस्तै सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो।

    उहाँले ०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताउँदै २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ जस्तै एक्लै सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो।

    प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुआत गरेको र अझै नयाँ आन्दोलनको सुरुआत गर्ने दोहोराउनु भयो। उहाँले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य रहेको बताउनु भयो ।

    उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको भन्दै राजश्व तथा पर्यटनमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको जिकिर गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार सुरु भएकोले सरकार ढाल्न विभिन्न प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाउनु भयो ।


    शनिवार, कार्तिक २५ २०८००३:४२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij