Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोनाको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि पर्‍यो: प्रदीप ज्ञवाली

कोरोनाको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि पर्‍यो: प्रदीप ज्ञवाली

  • आइतवार, आश्विन २५ २०७७

  • 939
    SHARES

  • कोरोनाको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि पर्‍यो: प्रदीप ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उहाँले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनुभएको हो ।

    कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीको भनाई छ । उहाँले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गर्नुुभयो ।

    ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उहाँले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताउनुभयो । यस्तै मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउनुभयो । उहाँले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताउनुभयो ।


    आइतवार, आश्विन २५ २०७७०६:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij