काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अघि बढाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अध्ययन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
त्यस्तै सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।