Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अब पोखराको लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न पाइने

अब पोखराको लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न पाइने

  • बुधवार, कार्तिक २२ २०८०

  • 657
    SHARES

  • अब पोखराको लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न पाइने

    काठमाडौं। पोखराको पर्यटकीय क्षेत्र लेक साइडमा व्यापार व्यवसाय अब चौबिसै घण्टा सञ्चालन गर्न पाइने भएको छ। आज उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न र चौबिसै घण्टा सञ्चालन गर्न पाइने आदेश दिएको हो।

    व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए। देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले यस्तो आदेश दिएको हो।

    कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ। बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हाल्नु भएको थियो।

    यस्तो छ अदालतको आदेशःhigh-court-pokhara_gOlQsjsOiu.webp

     

     


    बुधवार, कार्तिक २२ २०८००३:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij