काठमाडौं। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मालाई भुकम्प प्रभावित क्षेत्रमा खटाएको छ। महामन्त्रीद्वयलाई सात बुँदे कार्य विषयसहित सो क्षेत्रमा खटाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
कांग्रेसले जाजरकोट भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको स्थितिमा यो विपत्तिको सामना गर्न सबै राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर एकताबद्ध भएर गर्नुपर्ने भएकोले कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको हो ।
समितिले उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन गर्नेछ भने सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा र हस्तान्तरण गरि सकेको छ। चिकित्सक र औषधीसहित पुगेर आवश्यक प्रबन्ध गर्ने पनि जनाइएको छ।
महामन्त्रीद्वयको नेतृत्वमा रहेको समितिले जाजरकोट र पश्चिम रुकुम पुगेर सात बुँदे कार्यमा ध्यान केन्द्रित गर्ने कांग्रेसले जनाएको छ।