Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई चीनले बुझायो ४० करोडको राहत सामाग्री

नेपाललाई चीनले बुझायो ४० करोडको राहत सामाग्री

  • बुधवार, कार्तिक २२ २०८०

  • 614
    SHARES

  • नेपाललाई चीनले बुझायो ४० करोडको राहत सामाग्री

    काठमाडौं।भूकम्प पीडितका लागि चिनले झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएको राहत सामाग्री चिनियाँ राजदूत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएका हुन् ।

    बिहान राजदूत सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री गृहमन्त्री श्रेष्ठले बुझ्नुभयो। चिनले केरुङ नाकामार्फत पनि झण्डै १० करोडको राहत सामाग्री पठाएको छ।

    राहत समाग्री बुझेपछि गृहमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गर्दै नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो।

    त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्नुभयो। दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ।

    यता केरुङ नाका हुँदै आएको १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्रीमा २ हजार ३ सय टेण्ट, दुई हजार ब्लाङ्केट,सात सय टर्पलिन, पाँच सयवटा महामारी रोक्ने स्पेयर र साढे १० हजारवटा लामखुट्टे मार्ने औषधि छन्।आज बिहान काठमाडौँ आइपुगेको उक्त सामाग्री र पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।


    बुधवार, कार्तिक २२ २०८००२:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij