Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानमन्त्री माधव नेपाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री माधव नेपाल चीन प्रस्थान

  • बुधवार, कार्तिक २२ २०८०

  • 432
    SHARES

  • पूर्वप्रधानमन्त्री माधव नेपाल चीन प्रस्थान

    काठमाडौं । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको छ ।

    चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुहुने छ ।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

    अध्यक्ष नेपाल यही कात्तिक २८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


    बुधवार, कार्तिक २२ २०८००७:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij