Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

डोजरले सडक बनाउनु विकासको पूर्वाधार भन्ने बुझाइलाई त्याग्नुपर्छ : मुख्यमन्त्री पौडेल

डोजरले सडक बनाउनु विकासको पूर्वाधार भन्ने बुझाइलाई त्याग्नुपर्छ : मुख्यमन्त्री पौडेल

  • आइतवार, आश्विन २५ २०७७

  • 949
    SHARES

  • डोजरले सडक बनाउनु विकासको पूर्वाधार भन्ने बुझाइलाई त्याग्नुपर्छ : मुख्यमन्त्री पौडेल

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्नुपर्ने बताउनुभएको छ । साथै उहाँले जनप्रतिनिधिले जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो ।

    जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो । संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने उहाँको भनाइ थियो ।

    मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गर्नुभयो ।


    आइतवार, आश्विन २५ २०७७०४:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij