काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाउनु भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बुधबार दिउँसो १२ बजे बस्ने गरी आह्वान भएको जानकारी दिनुभएको छ।
मङ्सिरको दोस्रो साताबाट सुरु हुने ’यूएमएल क्याराभान’का साथै भूकम्पले परेको प्रभाव लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ ।
तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ ।