Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

शेरबहादुर देउवाले प्रचण्डलाई बुझाए ५० लाख रुपैयाँको चेक

शेरबहादुर देउवाले प्रचण्डलाई बुझाए ५० लाख रुपैयाँको चेक

  • मंगलवार, कार्तिक २१ २०८०

  • 607
    SHARES

  • शेरबहादुर देउवाले प्रचण्डलाई बुझाए ५० लाख रुपैयाँको चेक

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प पीडितको राहत एवं उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाउनु भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि भन्दै देउवाले बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई चेक बुझाउनु भएको हो।

    सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए। कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो।

    यस्तै कांग्रेसले आफ्नो संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि दिने भनेको छ।शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ। २ सय भन्दा बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन्।


    मंगलवार, कार्तिक २१ २०८०१०:५४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij