Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन थपिए ७० हजार बढि कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ७० हजार बढि कोरोना संक्रमित

  • आइतवार, आश्विन २५ २०७७

  • 1.2K
    SHARES

  • भारतमा एकैदिन थपिए ७० हजार बढि कोरोना संक्रमित

    भारतमा आइतबार कोरोना भाइरस कोभिड- १९ संक्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । भारतमा गत २४ घण्टामा ७४ हजार ३ सय ८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना संक्रमणको कारण ९ सय १८ जनाको मृत्यु भएको छ । 

    गत १३ दिन अर्थात  १८ सेप्टेम्बरबाट २८अक्टोबरसम्म कोभिड १९ संक्रमितको संख्या १० लाख बढेको पनि समाचारमा जनाइएको छ ।  अझै पनि भारतभरी ८ लाख ६७ हजार ४ सय ६९ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९ सय ७६ संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । 

    कोरोनाको संक्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २ सय ४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

    शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५ सय ४४ व्यक्तिको कोरोना भाइरस संक्रमण परिक्षण गरिएको पनि  आइसीएमआरले जानकारी दिएको छ । 


    आइतवार, आश्विन २५ २०७७०२:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij