Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल भुकम्प पीडितलाई भेट्न रुकुम पश्चिम र जाजरकोट जाने

राष्ट्रपति पौडेल भुकम्प पीडितलाई भेट्न रुकुम पश्चिम र जाजरकोट जाने

  • सोमवार, कार्तिक २० २०८०

  • 439
    SHARES

  • राष्ट्रपति पौडेल भुकम्प पीडितलाई भेट्न रुकुम पश्चिम र जाजरकोट जाने

    काठमाडौं। युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावीत क्षेत्रको स्थलगत अवलोकन गर्न जानुहुने भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार पीडितको अवस्था बुझ्न भोली प्रभावीत क्षेत्र रुकुम पश्चिम र जाजरकोट जाने तयारी गर्नुभएको छ ।

    आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जाने तयारीमा रहनु भएका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै आज मात्रै भ्रमण स्थगित गर्नुभएको थियो ।

    परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराउनु भएका पौडेलले जनताको दुःख बुझन् त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।


    सोमवार, कार्तिक २० २०८००३:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij