Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

  • सोमवार, कार्तिक २० २०८०

  • 461
    SHARES

  • राष्ट्रपतिको युरोप भ्रमण स्थगित

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

    राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर आफ्नो युरोप भ्रमण स्थगित गरेको जानकारी गराउनु भएको थियो। यसअघि मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको थियो।

    राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमणमा कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो।

     


    सोमवार, कार्तिक २० २०८००३:३४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij