काठमाडौं। राहत नपाएपछी जाजरकोटको भेरी नगरपालिका–४ को वडा कार्यालयमा भूकम्प पीडितले नै तालाबन्दी गरेका छन्।पीडितले समयमा राहत वितरण नगरेको र वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्रै राताराता राहत दिएको भन्दै तालबन्दी गरिएको बताएका छन्।
यता वडाध्यक्ष बसन्त प्रसाद शर्माले भने अत्यावश्यक भएकालाई राती नै वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा ढिलाइ भएको तर राहत वितरणमा पक्षपात भने हुँदै नभएको दाबी गर्नुभयो ।
आज बिहान राहत वितरण गर्ने तयारी भएपनि तालाबन्दीका कारण राहत वितरण हुन सकेको छैन। वडा कार्यालयमा अहिले प्रहरीले सुरक्षा दिइरहेको छ।