Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सांसद डिल्लीराम सुवेदीले एक महिनाको तलब भुकम्प पिडितलाई सहयोग गर्ने

सांसद डिल्लीराम सुवेदीले एक महिनाको तलब भुकम्प पिडितलाई सहयोग गर्ने

  • सोमवार, कार्तिक २० २०८०

  • 360
    SHARES

  • सांसद डिल्लीराम सुवेदीले एक महिनाको तलब भुकम्प पिडितलाई सहयोग गर्ने

    काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने हुनुभएको छ ।

    सुवेदीले शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पिडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने बताउनुभयो ।

    भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिना बराबरको ५२ हजार २ सय रुपैयाँ पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

    शुक्रबार ११ः४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

    ‘यो समय सवैको साथ र सहयोगको आवश्यक पर्ने समय हो, सुवेदीले भन्नुभयो—‘आफुले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ । प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं । जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं ।’ बागलुङ क्षेन नं.१ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनस्थापनामा आ—आफ्नो तर्फबाट सवैलाई जुटनका निम्ती आग्रह समेत गर्नुभएको छ ।


    सोमवार, कार्तिक २० २०८०१०:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij