Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईं साइबर ब्यूरो पुगे

दुर्गा प्रसाईं साइबर ब्यूरो पुगे

  • आइतवार, कार्तिक १९ २०८०

  • 1.6K
    SHARES

  • दुर्गा प्रसाईं साइबर ब्यूरो पुगे

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरो पुग्नु भएको छ। सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्ति विवादित बनेपछि साइबर ब्यूरोले अनुसन्धान गर्ने तयारी गरेपछी प्रसाई आँफै हाजिर हुनुभएको हो।

    साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले यसपछि प्रसाईंबारे अनुसन्धान सुरु गर्ने तयारी भैरहेको अबस्थामा स्वयं उपस्थित भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“अहिले अनुसन्धान भइरहेको छ, सुचना भेरिफाई गर्न आउनु भएको हो।”

    पछिल्लो समय प्रसाईंले दिएका अभिव्यक्तिहरु सामाजिक सञ्जालमा विवादास्पद वनिरहेका छन्। आफूलाई राजावादी अभियन्ताका रूपमा प्रस्तुत गर्दै प्रसाईँले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्नुभएको थियो।

    सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा प्रसाईविरुद्ध ब्युरोमा उजुरी दर्ता भको थियो ।


    आइतवार, कार्तिक १९ २०८००४:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij