Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका सांसदहरुले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

कांग्रेसका सांसदहरुले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

  • आइतवार, कार्तिक १९ २०८०

  • 1.6K
    SHARES

  • कांग्रेसका सांसदहरुले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

    काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुले १५ दिनको तलब भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोगार्थ जम्मा गर्ने भएका छन्।आज बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।

    प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ती जारी गरेर शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पकाकारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट समेत गरेको उल्लेख गर्नुभएको छ।

    यस्तै, पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको उक्त बैठकले विनासकारी भूकम्पका कारण ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ।


    आइतवार, कार्तिक १९ २०८००३:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij