Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

भुकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

भुकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने
  • आइतवार, कार्तिक १९ २०८०

  • 424
    SHARES

  • भुकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिमा गएको भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

    आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यस्तै, भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

    उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।


    आइतवार, कार्तिक १९ २०८०१०:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij