Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

कांग्रेसद्वारा तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

  • शनिवार, कार्तिक १८ २०८०

  • 672
    SHARES

  • कांग्रेसद्वारा तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    ‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु–गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ’, पौडेलको विज्ञप्तिमा भनिएको छ।

    भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ ।


    शनिवार, कार्तिक १८ २०८००४:१७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij