Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गुण्डा नाइके रिगलविरुद्धको मुद्दामा आज फैसला आउँदै

गुण्डा नाइके रिगलविरुद्धको मुद्दामा आज फैसला आउँदै

  • बिहिवार, कार्तिक १६ २०८०

  • 803
    SHARES

  • गुण्डा नाइके रिगलविरुद्धको मुद्दामा आज फैसला आउँदै

    काठमाडौं।सर्वोच्च अदालतलले गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ।न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधवार बहस सकिएपछि आजका लागि निसु तोकेको हो।

    व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पुर्ण इजलासमा निरन्तर सुनुवाई गरि मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो।

    असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाइपछि हेर्न नमिल्ने भन्दै इजलास कात्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो।

    नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

     


    बिहिवार, कार्तिक १६ २०८००९:२१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij