Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गुटरेसले छाडेको सन्देश : टुंगिएलान् शान्ती प्रक्रियाका बाँकी काम ?

गुटरेसले छाडेको सन्देश : टुंगिएलान् शान्ती प्रक्रियाका बाँकी काम ?

  • बुधवार, कार्तिक १५ २०८०

  • 368
    SHARES

  • गुटरेसले छाडेको सन्देश : टुंगिएलान् शान्ती प्रक्रियाका बाँकी काम ?

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको चारदिने नेपाल भ्रमणका विषयमा विभिन्न बहस भएका छन् । विश्वले मानेको संघको महासचिव करिब २४ वर्षपछि नेपाल आउनुले सकारात्मक सन्देश दिएको एकथरीको भनाइ छ भने राष्ट्रले गर्ने सम्मान र अडानमा केही तयारी नपुगेको अर्कोथरी बताउँछन् ।

    खासगरी सशस्त्रद्वन्द्व पछिको विस्तृत शान्ती सम्झौताका विषयमा चाँसो राखेका गुटेरसले जलवायु परिवर्तनका सम्बन्धमा नेपालमाथि अन्याय भएको बताउनुभयो । नेपाल भ्रमणको क्रममा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताउनुभयो । यता, नेकपा एमालेका सांसद एवं सचेतक महेश बर्तौलाले गुटरेसले नेपालमाथि राखेको चासो स्वभाविक रहेको भन्दै सरकार बाटै विस्तृत शान्ती सम्झौताका काममा गम्भीर त्रुटि भएको आरोप लगाउनुभयो ।

    सम्बोधनका क्रममा गुटरेसले नेपालले जलवायु संरक्षण गरेवापत् पाउनुपर्ने रकमका लागि जोड दिने बताउनुभएको थियो । त्यस्तै, द्वन्द्वपीडितलाई भेट्ने इच्छा जाहेर गरेका गुटरेसले त्यो भने पाउनुभएन । यता, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मुलुकले दीगो शान्तीको मार्ग कोरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । तर, नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले विस्तृत शान्ती सम्झौतालाई पेण्डिङनै राख्न खोजेको आरोप लगाउनुभयो ।

    परराष्ट्रविद् हेमराज कार्कीका अनुसार नेपालको शान्ती प्रक्रियालाई ६ महिनाभित्र टुंग्याउने सहमति भएपनि १७ वर्षसम्म थाती राख्नुले यो प्रक्रिया जटिल बन्दै गएको छ । यसमा विभिन्न स्वार्थ बाझिएका छन् ।

    नेपालमा रहँदा गुटरेसले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गर्नुभयो । त्यहाँबाट उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले शान्तीका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्नुभयो । नेपाल भ्रमणको क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गर्नुभएको थियो ।

    गुटरेसको भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपालको सम्बन्ध थप मजबुद भएको देखिन्छ । यसमा नेपालले आफ्नो असंलग्न परराष्ट्रनीति बारे जाहेर भइराख्नुपर्ने हुन्छ ।


    बुधवार, कार्तिक १५ २०८००७:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij