Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डब्ल्यूएचओको क्षेत्रिय निर्देशकमा नेपाल पराजित, २ मत मात्रै पायो

डब्ल्यूएचओको क्षेत्रिय निर्देशकमा नेपाल पराजित, २ मत मात्रै पायो

  • बुधवार, कार्तिक १५ २०८०

  • 2.1K
    SHARES

  • डब्ल्यूएचओको क्षेत्रिय निर्देशकमा नेपाल पराजित, २ मत मात्रै पायो

    काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा नेपालका उम्मेदवार पराजित भएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठकपछीको निर्वाचनमा वंगलादेशकी उम्मदवारले हराएकी हुन् ।

    नयाँ क्षेत्रीय निर्देशक पदमा नेपालका उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद उम्मेदार बनेका थिए। उक्त पदका लागि भएको मतदानमा नेपालका आचार्यले २ मत पाउदा बंगलादेशकी बाजेदले ८ मत प्राप्त गरिन् ।

    डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् ।

     


    बुधवार, कार्तिक १५ २०८००३:२९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij