Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमालेको चियापान कार्यक्रम सुरु

एमालेको चियापान कार्यक्रम सुरु

  • बुधवार, कार्तिक १५ २०८०

  • 531
    SHARES

  • एमालेको चियापान कार्यक्रम सुरु

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा आयोजित आज मध्यान्ह सवा बाह्र बजेबाट चियापान कार्यक्रम सुरु भएको हो।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै मंगलबारलाई तय गरिएको कार्यक्रम आज सारिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानमा सहभागी हुन सबैलाई निम्तो दिनुभएको थियो।

    कार्यक्रममा प्रधानमन्त्री,मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, राजदूत, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी उपस्थित हुनेक्रम जारी छ। ओलीले पाहुनाहरुलाई स्वागत गरिरहनु भएको छ ।

    अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भीड लागेको छ। मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ।


    बुधवार, कार्तिक १५ २०८००१:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij