Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालबाट फर्किए महासचिव गुटेरेस

नेपालबाट फर्किए महासचिव गुटेरेस

  • बुधवार, कार्तिक १५ २०८०

  • 404
    SHARES

  • नेपालबाट फर्किए महासचिव गुटेरेस

    काठमाडौं। नेपालको चार दिने औपचारीक भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किंनुभएको छ। आइतबार बिहान नेपाल आउनु भएका गुटेरेस आज बिहान साढे दस बजेको उडानबाट न्युयोर्क प्रस्थान गर्नुभएको हो।

    महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो। त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो। आइतबार नेपाल भ्रमण आइपुगेलगत्तै गुटेरेसले सोही दिनदेखि भ्रमणको औपचारिक कार्यक्रम शुरु गर्नुभएको थियो।

    राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीसंग भेटवार्ता गरी शुरु भएको गुटेरेसको भ्रमण संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेर सम्पन्न भयो।

    जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली क्षेत्रका देशहरुमा पु¥याएको असरको अवलोकन गर्न महासचिव गुटेरस सगरमाथा आधार क्षेत्र स्याङ्बोचेदेखि अन्नपूर्ण आधार क्षेत्रसम्म पुग्नुभयो। विश्वमा प्रसिद्ध यी दुई हिमाली क्षेत्रबाट महासचिव गुटेरेसले जलवायु परिवर्तन घातक बनिसकेको सन्देश विश्वलाई दिनुभएको छ।

    महासचिव गुटेरेसको भ्रमणले नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भए वापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ। यस्तै शान्तिका अग्रदूत भगवान वुद्धको जन्मस्थल लुम्बिनी पुगेर उहाँले विश्वमा युद्धरत् र द्वन्द्वरत् पक्षहरुलाई शान्तिको मार्ग अवलम्बन गर्न पनि आह्वान गर्नुभयो ।

    नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका गुटेरसले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न थप प्रोत्साहन पनि गर्नुभएको छ । साथै त्यसका लागि नेपाल एक्लो नरहेको सन्देश पनि उहाँले दिनुभएको छ । संसदबाट नेपाललाई विश्वको मित्र भनेर गुटेरेसले विश्व समुदायसामु नेपालको छवि उजागर गर्ने सन्देश पनि दिनुभएको छ ।


    बुधवार, कार्तिक १५ २०८०१२:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij