Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पररराष्ट्रमन्त्री साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

पररराष्ट्रमन्त्री साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

  • बुधवार, कार्तिक १५ २०८०

  • 261
    SHARES

  • पररराष्ट्रमन्त्री साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

    काठमाण्डौ – अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलवार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।

    त्यस अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गर्नुभएको थियो ।

    निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

    अमेरिकी सरकारमातहत रहेको निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।


    बुधवार, कार्तिक १५ २०८००७:४१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij