Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

महासचिव गुटरेसद्वारा नेपालको संसदमा सम्बोधन,शान्ति प्रक्रियालाई टुंगाउन सहयोग गर्ने प्रतिवद्धता, ओलीले देश विभाजनमा रहेको देखाएको प्रधानमन्त्रीको गुनासो (खासखबर)

महासचिव गुटरेसद्वारा नेपालको संसदमा सम्बोधन,शान्ति प्रक्रियालाई टुंगाउन सहयोग गर्ने प्रतिवद्धता, ओलीले देश विभाजनमा रहेको देखाएको प्रधानमन्त्रीको गुनासो (खासखबर)

  • मंगलवार, कार्तिक १४ २०८०

  • 606
    SHARES

  • महासचिव गुटरेसद्वारा नेपालको संसदमा सम्बोधन,शान्ति प्रक्रियालाई टुंगाउन सहयोग गर्ने प्रतिवद्धता, ओलीले देश विभाजनमा रहेको देखाएको प्रधानमन्त्रीको गुनासो (खासखबर)

    काठमाडौं। संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गर्नुभएको छ।संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताउनुभयो।

    गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताउनु भएको छ। महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गर्नुभयो। शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उहाँले पछिल्लो इजरायल घटनाको निन्दासमेत गर्नुभएको छ।

    संसदमा सम्वोधन गर्दै गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव व्यक्त गरेको पनि बताउनुभएको छ। उहाँले नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गर्नुभएको छ। गुटरेसको सम्वोधनपछि प्रतिकृया दिदैं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ।

    आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केहि नेताहरुले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताउनुभयो ।

    यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्ति प्रक्रियाई निष्कर्षमा पु¥याउन तयार रहेपनि प्रधानमन्त्री प्रचण्ड हिंसालाई बढावा दिने दिशामा अघि बढेको जिकिर गर्नुभएको थियो । प्रधानमन्त्रीको भनाइ ओलीप्रति लक्षित थियो ।

    प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको बताउनुभएको छ।जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्ने लगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

     


    मंगलवार, कार्तिक १४ २०८००८:२२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij