Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीकै कारण शान्तिप्रक्रिया टुंगोमा नपुगेको एमालेको आरोप, तथ्यहिन आरोप पुष्टि गर्न माओवादीको चुनौति, राष्ट्रसंघको सहयोगमा टुंगो लगाउने दाबी(खासखबर)

प्रधानमन्त्रीकै कारण शान्तिप्रक्रिया टुंगोमा नपुगेको एमालेको आरोप, तथ्यहिन आरोप पुष्टि गर्न माओवादीको चुनौति, राष्ट्रसंघको सहयोगमा टुंगो लगाउने दाबी(खासखबर)

  • सोमवार, कार्तिक १३ २०८०

  • 454
    SHARES

  • प्रधानमन्त्रीकै कारण शान्तिप्रक्रिया टुंगोमा नपुगेको एमालेको आरोप, तथ्यहिन आरोप पुष्टि गर्न माओवादीको चुनौति, राष्ट्रसंघको सहयोगमा टुंगो लगाउने दाबी(खासखबर)

    काठमाडौं। नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो उच्च सरकारी अधिकारी एवम् प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभयो ।नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले हिजो शीर्षस्थ नेताहरुसँगको भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रिया निस्कर्षमा पु¥याउनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

    यसैगरि महासचिव गुटरेससंगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिको पक्षमा नरहेको भन्दै एमाले अध्यक्ष ओलीले आरोप लगाएको भन्दै माओवादीले आपत्ति जनाएको छ । नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमूख डा. राजन भट्टराईले नेपालको शान्ति प्रक्रिया नेपालका राजनीतिक दल आफैले पहल गरेर आफैले निस्कर्षमा पु¥याउनका लागि यो ठाउँसम्म ल्याएको बताउनुहुन्छ ।

    नेता भट्टराईले शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउने दायित्व पनि नेपालकै राजनीतिक दलहरुको रहेको स्पष्ट पार्नुभएको छ। आफ्नो पार्टी एमालेले छिटो भन्दा छिटो यो शान्ती प्रक्रियालाई टुङग्याउ भन्ने नै रहेको नेता भट्टराईको दाबी छ।

    नेता भट्टराईले संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउन सहयोग गर्ने कुरा अगाडिदेखि नै गर्दै आइरहेको स्मरण गराउँदै अहिले पनि सहयोग गर्न तयार रहनु खुशीको कुरा भएको बताउनुभएको छ । नेता भट्टराईले शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमानदार नभएको आरोप समेत लगाउनुभयो ।

    एमालेले यसो भनिरहदा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिको पक्षमा नरहेको भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप फत्तुर मात्र भएको बताउनुभएको छ ।

    नेता शाहीले माओवादीलाई शान्ति चाहँदैन, हिंसाको पक्षमा छ भन्ने आधार के छ भन्ने प्रश्न गर्दै संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका आधारमा टिप्पणी गर्ने कि माओवादी नेतृत्वमाथि पूर्वाग्रह साँध्ने भन्दै आपत्ती जनाउनुभएको हो ।

    संसदमा प्रस्तुत विधेयकमा कतै पनि गम्भीर र जघन्य अपराधका पीडकलाई उम्काउने कुरा नलेखिएको जिकीर गर्दै नेता शाहीले नेपालको शान्तिप्रक्रिया टुंगोमा पु¥याउन संयुक्त राष्ट्रसंघको सहजीकरण महत्वपुर्ण भएको पनि उहाँले औल्याउनुभयो ।

    गुटरेसको भ्रमणका बेला नेपालका सुरक्षाकर्मीले राष्ट्रसङ्घ मातहत रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकमा पु¥याउँदै आएको शान्ति स्थापनाका बारेमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा र गृहमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा पनि छलफल भएको थियो ।यसले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र युएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्नका लागि सहज हुने विश्वास गरिएको छ ।

     


    सोमवार, कार्तिक १३ २०८००७:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij