Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘पत्रकारिताले देश र परदेशलाई जोड्नु पर्छ’ : महासचिव पौडेल

‘पत्रकारिताले देश र परदेशलाई जोड्नु पर्छ’ : महासचिव पौडेल

  • सोमवार, कार्तिक १३ २०८०

  • 460
    SHARES

  • ‘पत्रकारिताले देश र परदेशलाई जोड्नु पर्छ’ : महासचिव पौडेल

    बेलायत। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले प्रवासमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुले नेपाल र प्रवासलाई जोड्ने गरी कलम चलाउनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बेलायत शाखाले आयोजना गरेको कार्यक्रममा युनियनका महासचिव पौडेलले बेलायत लगायतका विकसित मुलुकमा बस्ने नयाँ पुस्ताका नेपाली समुदायले आफ्नो मातृभूमिलाई विर्सिन सक्ने सम्भावना रहेकाले प्रवासमा रहेका पत्रकारले गैर आवासीय नेपालीलाई नेपालसँग ब्रिजिङ गर्ने गरी कन्टेन्ट तयार गर्नुपर्नेमा जोड दिए।

    विदेशमा रहेका नेपालीलाई स्वदेशमा पुँजी, ज्ञान, सीप, प्रविधिलाई लैजान प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘विदेशमा बसेर सफलता प्राप्त गरेका नेपालीका सफलतालाई पनि पत्रकारितामार्फत उजागर गर्नुपर्छ, पौडेलले भने, ‘नेपालमा अवसर रहेकाले स्वदेश फर्किन प्रोत्साहित गर्न पनि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’ महासचिव पौडेलले प्रेस युनियनले प्रवासमा पनि पत्रकारिताको विकासका लागि डिजिटल पत्रकारिता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    प्रेस युनियन बेलायत शाखाले युके भ्रमणमा रहेका महासचिव पौडेलको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले बेलायतमा रहेका सेवा निवृत्त गोरखा तथा गैर आवासीय नेपालीका समस्यालाई उजागर गर्न मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

    नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष विपिन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकाल, नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, नेपाली जनसम्पर्क समिति साउथइष्ट लण्डनका सभापति राजेन्द्र खरेल, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व उपमहासचिव अर्जुन कटुवाल, नेपाली जनसम्पर्क समिति बेलायतका महासचिव कुश बस्नेत, एनआरएनए पूर्व केन्द्रीय सदस्य लिलादेवी गुरुङ, जनसम्पर्क समिति भारतका पूर्वअध्यक्ष हरि कुमार मल्ल, नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक सदस्य बाबुराम भुषाल, प्रेस युनियन बेलायतका सचिव मन्दिप के.सी. लगायतले आफ्नो धारणा राखेका थिए ।


    सोमवार, कार्तिक १३ २०८००७:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij