Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

यूएनका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै

यूएनका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै

  • सोमवार, कार्तिक १३ २०८०

  • 388
    SHARES

  • यूएनका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै हुनुहुन्छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेस आज सोलुखुम्बु र पोखरा जान लाग्नुभएको हो ।

    जलवायु परिवर्तनको असरबारे बुझ्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ काठमाण्डौ फर्केर ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि गुटेरेस पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ ।

    उहाँ भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानुहुनेछ ।

    लुम्बिनीबाट काठमाण्डौ फर्केर भोलि दिउँसो ४ बजेपछि सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नुहुनेछ । पर्सि बुधवार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ ।

    राष्ट्रसङ्घ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बेलुकी रात्रिभोजको आयोजना गर्नुभएको थियो । 


    सोमवार, कार्तिक १३ २०८००७:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij