Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गुटरेसले सम्बोधन गर्ने दिन सांसदहरुलाई औपचारिक पोशाक अनिवार्य

गुटरेसले सम्बोधन गर्ने दिन सांसदहरुलाई औपचारिक पोशाक अनिवार्य

  • आइतवार, कार्तिक १२ २०८०

  • 500
    SHARES

  • गुटरेसले सम्बोधन गर्ने दिन सांसदहरुलाई औपचारिक पोशाक अनिवार्य

    काठमाडौं।नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा सम्बोधन गर्ने दिन सांसदहरुलाई औपचारीक पोसाकको अनिवार्य गरिएको छ।

    आज जारी प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै सबै सांसदहरुलाई अनिवार्य मर्यादित पोसाकमा उपस्थित हुन आग्रह गर्नुभएको हो।

    गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न पनि सभामुख घिमिरेले अनुरोध गर्नुभयो। गुटरेस चारदिने औपचारिक भ्रमणका लागि गएराति नेपाल आउनु भएको छ।


    आइतवार, कार्तिक १२ २०८००२:५७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij