Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय भेटवार्ताका लागि गुटरेस सिंहदरबार

उच्चस्तरीय भेटवार्ताका लागि गुटरेस सिंहदरबार

  • आइतवार, कार्तिक १२ २०८०

  • 447
    SHARES

  • उच्चस्तरीय भेटवार्ताका लागि गुटरेस सिंहदरबार

    काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुग्नु भएको छ। सिंहदरबारमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्ने कार्यसूची रहेको छ ।

    यद्यपी, गुटेरेसले सुरुमा परराष्ट्रमन्त्री साउदसँग भने भेटघाट गरिसक्नु भएको छ। उहाँलाई मन्त्रालयका सहसचिव सेवा लम्सालले स्वागत गर्नु भएको थियो। त्यस्तै गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम रहेको छ ।

    यता उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको कार्यक्रम भने पर्सि मंगलबारका लागि सारिएको छ। नेपालको चारदिने औपचारिक भ्रमणका लागि गुटेरेस गएराति नेपाल आईपुग्नु भएको हो ।


    आइतवार, कार्तिक १२ २०८००२:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij