Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एन्टोनियो गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

एन्टोनियो गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

  • आइतवार, कार्तिक १२ २०८०

  • 413
    SHARES

  • एन्टोनियो गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

    काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। गएराति नेपाल भ्रमणमा आइपुग्नु भएका महासचिव गुटरेस र मन्त्री साउदबिच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

    भ्रमणको पहिलो दिन आज (आइतबार) गुटरेसले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ।

    परराष्ट्र मन्त्रालयकाअनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

    त्यस्तै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि महासचिव गुटरेसले भेटवार्ता गर्ने तालिका तय गरिएको छ।


    आइतवार, कार्तिक १२ २०८००२:२९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij