काठमाडौं। नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्,छठलगायतका पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ।
कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ। सानेपामा जारी कार्यक्रममा राजनीतिक दलका प्रमुख,मन्त्री, सांसद,नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा दिइएको थियो ।
सोहि अनुसार निमन्त्रणा स्वीकार गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, इश्वर पोखरेल, विष्णु पौडेललगाएतका नेताहरु पनि पुगेका छन्।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको हो।
२०३८ सालसम्म बीपीले यसलाई निरन्तरता दिएपछी हालसम्म पनि त्यसपछिका हरेक सभापतिले यसलाई निरन्तरता दिँदै आइरहेका छन् ।