Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘आउँदो ०८४ को चुनावमा अरु पार्टीले एक सिट पनि पाउँदैनन्’ : रवि लामिछाने

‘आउँदो ०८४ को चुनावमा अरु पार्टीले एक सिट पनि पाउँदैनन्’ : रवि लामिछाने

  • शनिवार, कार्तिक ११ २०८०

  • 517
    SHARES

  • ‘आउँदो ०८४ को चुनावमा अरु पार्टीले एक सिट पनि पाउँदैनन्’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा अन्य पार्टीहरुले १ सिट पनि नपाउने दाबी गर्नुभएको छ।आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना दलले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा रिहा गरेर नयाँ दल र जनतालाई के गर्नसक्छौं गर भन्ने चुनौती दिइरहेकोले निर्वाचनबाट सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताउनु भयो ।

    उहाँले आउने चुनावमा अन्य कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर गर्नुभयो।

    उहाँले भन्नुभयो,‘‘कयौं बेथितिका चुनौतीहरु दिएका छन्। भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्। तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ। चर्को बोल्नुपर्छ भन्नुहुन्छ। के मा दिने, कति दरो बोल्ने, के भन्ने? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, ०८४ मा एकैपटक बाइबाइ गर्ने, एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला।’

    पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उहाँको भनाइ छ।

    ‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’उहाँले प्रश्न गर्नुभयो ।

     


    शनिवार, कार्तिक ११ २०८००१:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij