काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पर्सि आईतबार नेपाल भ्रमणका लागी काठमाडौं आउनु हुने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा गुटरेस चार दिने भ्रमणका लागी नेपाल आउन लाग्नु भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने तालिका तय गरिएको छ भने १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जानु हुनेछ।