Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए पठाइयो

इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए पठाइयो

  • शुक्रवार, कार्तिक १० २०८०

  • 647
    SHARES

  • इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए पठाइयो

    काठमाडौँ। इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका ५ नेपालीको शव पहिचान गर्न आफन्तहरूको डीएनए पठाइएको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परी मारिएका ५ जना विद्यार्थीको पहिचान गर्न उनीहरूका आमा बुबाको डीनएन स्वाब इजरायल पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मारिएका १० जना मध्ये ५ जनाको पहिचान भएर शव नेपाल ल्याइ सकिएको छ । तर, शवको पहिचान गर्न नसकिने अवस्थामा रहेका ५ जनाको शव पहिचान गर्न आफन्तको डीएनए पठाइएको हो। आक्रमणपछि सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको आमा बुबाको समेत डीएनए स्वाब पठाइएको छ।

    आक्रमणपछि सम्पर्कविहीन बनेका जोशीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। उनलाई हमास समूहले नै अपहरण गरेर लगेको हुनसक्ने आशङ्का गरिएको छ। तर, यकिन भने हुन नसकेको मन्त्रालयले जनाएको छ ।

    आक्रमणमा परी विभिन्न देशका नागरिकहरू मारिएका छन्। उनीहरूको शव पहिचान गर्न निकै गाह्रो भएपछी इजरायलले आफन्तको डीएनए मगाएको थियो।


    शुक्रवार, कार्तिक १० २०८००१:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij