Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सत्ताको संकट गहिरिँदै गएको प्रतिपक्षी एमालेको दाबी, जसपा भन्छ, सरकारबारे विमत्ती राख्ने कारण छैन, गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको दाबी(खासखबर)

सत्ताको संकट गहिरिँदै गएको प्रतिपक्षी एमालेको दाबी, जसपा भन्छ, सरकारबारे विमत्ती राख्ने कारण छैन, गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको दाबी(खासखबर)

  • बिहिवार, कार्तिक ९ २०८०

  • 563
    SHARES

  • सत्ताको संकट गहिरिँदै गएको प्रतिपक्षी एमालेको दाबी, जसपा भन्छ, सरकारबारे विमत्ती राख्ने कारण छैन, गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको दाबी(खासखबर)

    काठमाडौं। कोशी प्रदेशमा नेपाली कांग्रेसको शेखर समुहले आफ्नै पार्टीमा विद्रोह गरेर नयाँ सरकार बनेपछि त्यसको असर संघमा पनि पर्ने हो कि भनेर अहिले राजनितिक वृृत्तमा बहस भईरहेको छ। मूख्यमन्त्री बन्नकै लागि र राजनीतिक सत्ताको हानथापको लागि कांग्रेसको एक समुहले देखाएको बाटोको बाट्छिट्टा अन्य प्रदेशमा र यसको असर संघमा पनि पर्ने हो कि भनेर विभीन्न टिकाटिप्पणी भईरहेका हुन्। राजनीतिक दलका कतिपय नेताहरुले अहिलेको शान्त अवस्था कुनै ठुलो आँधी आउनुभन्दा पहिलेको संकेत भएको पनि दाबी गरेका छन् ।

    अहिलेको सरकारलाई सुरुदेखि नै संकट पैदा भएको दाबी नेताहरुको छ। कतिपयले प्रधानमन्त्री प्रचण्डले नछोडेसम्म तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको पनि विश्लेषण गरेका छन्। अहिले सत्ता गठबन्धनभित्रै पनि समस्या उत्पन्न भएको छ ।यद्यपी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेको अवस्थामा सरकार परिवर्तन नहुने बताउनुभएको छ। सरकार परिवर्तनको खेल अहिलेको विकल्प नभएको उहाँको तर्क छ।

    जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले राष्ट्रिय सहमति र सर्वदलिय सरकार नबन्ने दाबी गर्नुभएको छ। उहाँले कुनै पनि पहल र प्रयास नभएकाले राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने बताउनुभएको हो। उहाँले अहिले प्रचण्ड नेतृत्वको सरकारबारे विमत्ती राख्ने कुनै कारण पनि नभएको स्पष्ट पार्दै अहिलेको सरकारको अवसानको कुनै बाटो नभएको पनि बताउनुभयो। नेकपा एमालेले सत्ता उलटपुलटका लागि संर्घष गरिरहेको उहाँको दाबी छ।

    यता एमालेका नेता विष्णु रिजाल सत्ताको संकट गहिरिँदै गएको दाबी गर्नुहुन्छ। सत्ताको लागि जुन गठबन्धन बनेको छ, त्यो स्वार्थको गठबन्धनमा संकटहरु देखा परे पनि तर अहिले आफूहरु भने सरकार ढाल्ने काममा नलाग्ने जिकिर उहाँको छ। विभिन्न नेताका यस्ता तर्कहरु आईरहदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताउनु भएको छ।

    आज रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो।तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएको प्रचण्डको दाबी छ।गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै नसक्ने जिकिर प्रचण्डको छ ।


    बिहिवार, कार्तिक ९ २०८००८:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij